प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा दुई पक्राउ

ओकेखबर संवाददाता २८ चैत्र २०७६, शुक्रबार ०९:४७ मा प्रकाशित ( साल अघि) ३८९ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाएको आरोपमा प्रहरीको साइबर ब्यूरोको टोलीले दुईजना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका ५ का ४६ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् ।

 

उनिहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकारका विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाएको आरोप छ ।

उनीहरुमाथि विद्युतीय कारोवार ऐन, २०६३ र विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने विद्युतीय सञ्चारमाध्यममा प्रचलित कानूनअनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबरहरु