भारतमा कोरोनाबाट २४ घण्टामा ४९ को मृत्यु

ओकेखबर संवाददाता २८ चैत्र २०७६, शुक्रबार ०९:०२ मा प्रकाशित ( साल अघि) ४४७ पाठक संख्या

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट भारतमा पछिल्लो २४ घण्टामा मात्रै ४९ जनाले ज्यान गुमाएका छन् ।
यससंगै भारतमा कारोना प्रकोपका कारण मृत्यु हुनेको संख्या २२७ पुगेको छ ।

 

त्यहाँ हालसम्म संक्रमित हुनेको संख्या ६ हजार ७२५ पुगेको छ । यसमध्ये ६३५ जना उपचारपछि निको भएका छन् ।

 

गत डिसेम्बरको अन्तिमसाता छिमेकी मुलुक चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमण अहिलेसम्म २०९ देशहरुमा फैलिसकेको छ ।

 

शुक्रबार बिहान यो समाचार बनाउँदासम्म ९५ हजार ६ सय ९३ ले ज्यान गुमाइसकेका छन् ।
१६ लाख ३ हजार २८४ संक्रमित मध्ये ३ लान ५६ हजार ३ सय ५२ जना सफल उपचारपछि घर फर्किंएका छन् ।


सम्बन्धित खबरहरु