रोकिएन कोरोना आतंक: झण्डै एक लाखको मृत्यु, कहाँ कति ? सूचिसहित

ओकेखबर संवाददाता २८ चैत्र २०७६, शुक्रबार ०६:५१ मा प्रकाशित ( साल अघि) ८७९ पाठक संख्या

एजेन्सी । विश्व महामारी कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण विश्वभर हालसम्म ९५ हजार ७ सय १४ जनाको ज्यान गएको छ ।

१६ लाख ३ हजार ४ सय भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ३ लाख ५६ हजार ४ सय ४० जना निको भएर घर फर्किएका छन् ।

 

विश्वभरका २०९ देशहरुमा फैलिएको  यस महाहमारीको चपेटामा परेको अमेरिकामा सबैभन्दा धेरै ४ लाख ६८ हजार ५ सय ६६ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने १६ हजार ६ सय ९१ ले ज्यान गुमाइसकेका छन् ।

स्पेनमा १ लाख ५३ हजार २ सय २२ जनामा संक्रमण देखिएको छ भने त्याहाँ अहिलेसम्ममा १५ हजार ४ सय ४७ जनाको ज्यान गएको छ ।

 

त्यस्तै ईटलीमा १ लाख ४३ हजार ६ सय २६ जनामा संक्रमण पुष्टि भएको छ भने १८ हजार ७ सय ७९ जनाकोे मृत्यु भएको छ ।

कोरोनाभाइरस संक्रमणबाट संयुक्तराज्य अमेरिका, इटाली, स्पेन, फ्रान्स, चीन, इरान, बेलायत, नेदरल्यान्ड्स, जर्मनी, बेल्जियम लगायतका मुलुकमा धेरै प्रभाव देखिएको छ ।


सम्बन्धित खबरहरु