लकडाउनका कारण खाद्यान्न अभाव भएका ज्यालादारी, मजदुर र आर्थिक रुपमा विपन्न नगरबासीलाई भौतिक दुरी समेत कायम गर्दै सञ्चालन गरेको उक्त कार्यक्रममा प्रशासनको हस्तक्षेपपछि नगरपालिका र सहयोगी संस्थाहरुले एकमुस्ट विज्ञप्ति जारी गर्दै दुख व्यक्त गरेका छन् ।
निःशुल्क भोजन स्थलमा प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार प्रहरिद्धारा भान्साका सम्पूर्ण सामाग्री कब्जा गरेकोमा नगपालिकाले जारी गरेको विज्ञप्तिमा नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुङ्गाना ,जिल्ला होटल संघका अध्यक्ष राजकुमार श्रेष्ठ,टोल सुधार महासमितिका अध्यक्ष नरबहादुर श्रेष्ठ,धादिङ चेम्बर अफ कमर्सका अध्यक्ष गोविन्द कुमार श्रेष्ठ र धादिङ उद्योग वाणिज्य संघ मध्ये क्षेत्रिय संघका अध्यक्ष राजकुमार श्रेष्ठसहितको हस्ताक्षर भएको छ ।
विज्ञप्तीमा विपन्न र मजदूरको लागि हातमुख जोड्ने व्यवस्था गरिदिन संघीय तथा प्रदेश सरकार र जिल्ला प्रशासनको ध्यानाकर्षण गरिएको छ ।