डेढ घण्टामै कसरी फेरियो सरकारको निर्णय ?

ओकेखबर संवाददाता २७ चैत्र २०७६, बिहीबार १९:५६ मा प्रकाशित ( साल अघि) ३३४ पाठक संख्या

काठमाडौं । लक डाउनका कारण काठमाडौंमा रहेकालाई सरकारले शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय केही समयमै रद्द भएको छ ।

सरकारले कोरोना भाइरसको सम्भावित जोखिमलाई न्युनिकरण गर्न भन्दै लागु गरेको लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको हो ।

त्यसो त  काठमाडौंबाट बाहिर पठाउने समाचार सार्वजनिक भएपछि विभिन्न स्थानीय तहहरूले आलोचना गरेका थिए। सरकारले केही दिनअघि मात्रै एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय गरेको थियो।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले त सामाजिक सञ्जालमै त्यस्तो निर्णय भएको भए लक डाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरोकारबाला मन्त्रीहरुलाई बोलाएर उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिन निर्देशन दिए । कसरी जान दिने भन्ने गृहकार्य गर्न गृह सचिवलाई भनिएको थियो ।

लकडाउन वैशाख ३ सम्म लम्बिएपछि मानिसहरु हिँडेर समेत घर जान थालेका छन् । त्यसलाई हेरेर सरकारले उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने गृहकार्य गरेको थियो ।


सम्बन्धित खबरहरु