आज काठमाडौं उपत्यकासहित मध्य र पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पनि पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।
दिउँसोपछि हावाहुरी चल्नु प्रिमनसुन अर्थात् मनसुनअघिको अवस्थाको विशेषता हो । यो बेलामा जाडो कम हुँदै गर्मी बढ्ने भएकाले हावाहुरी चल्ने गर्छ ।
बिहान खुलेको मौसम दिउँसोपछि बदली भइ हावाहुरी र चट्याङ सहित पानी पर्नु प्रिमनसुनको विशेषता भएको मौसमविद् मानन्धरको भनाइ छ ।