काठमाडौं । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको पुगेको छ ।
बहराइनको नेपाली दूतावासले एक बिज्ञप्ति जारी गर्दै थप १० जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइसंगै संक्रमित नेपालीको संख्या २२ पुगेको पुगेको हो ।
यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।
५२ हजार ३५१ जनाको कोरोना परीक्षण गरिएकोमामा ३४९ जनामा संक्रमण देखिएको दुतावासले जनाएको छ ।
दूतावासले बहराइनमा रहेका नेपालीहरुलाई सुरक्षित रहन समेत अपिल समेत गरेको छ ।