१५ लाख १३ हजार २ सय ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ३ लाख २९ हजार ७ सय ३१ जना निको भएर घर फर्किएका छन् ।
पछिल्लो समय अमेरिकामा कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा फैलिएको छ । अमेरिकामा ४ लाख ३० हजार २ सय १० भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने १४ हजार ७ सय ३६ ले ज्यान गुमाइसकेका छन् ।
स्पेनमा १ लाख ४८ हजार २ सय २० जनामा संक्रमण देखिएको छ भने त्याहाँ अहिलेसम्ममा १४ हजार ७ सय ९२ जनाको ज्यान गएको छ ।
त्यस्तै ईटलीमा १ लाख ३९ हजार ४ सय २२ जनामा संक्रमण पुष्टि भएको छ भने १७ हजार ६ सय ६९ जनाकोे मृत्यु भएको छ ।
कोरोनाभाइरस संक्रमणबाट संयुक्तराज्य अमेरिका, इटाली, स्पेन, फ्रान्स, चीन, इरान, बेलायत, नेदरल्यान्ड्स, जर्मनी, बेल्जियम लगायतका मुलुकमा धेरै प्रभाव देखिएको छ ।