कालोबाजारीको आरोपमा पक्राउ परेका अग्रवाललाई एक साता हिरासतमा राख्न अनुमति

ओकेखबर संवाददाता २६ चैत्र २०७६, बुधबार १७:२३ मा प्रकाशित ( साल अघि) ३६२ पाठक संख्या

काठमाडौं । शंकर ग्रुपका सन्चालक सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा मंगलबा पक्राउ परेका अग्रवाललाई एक सातासम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

अग्रवाललाई ज्वरो नाप्ने थर्मल गनलगायतका स्वास्थ्य सामग्री चीनबाट ल्याएर महँगोमा बेचेको आरोप लागेको छ । यद्यपि उनले प्रहरीलाई प्रारम्भिक वयान दिँदा सो आरोप अस्वीकार गर्दै आएका छन् ।

उनीमाथि लागेको आरोप पुष्टि भएमा उनलाई विगो जफत र विगो बराबरको जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायँ हुने सुरक्षा स्रोतले बतायो ।


सम्बन्धित खबरहरु