पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको बैठकले अनियमितताको गम्भीर छानबिन गरी कारबाही गर्न माग गरेको छ ।
देश कोरोनाभाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेको विश्लेषण गर्दै परीक्षणलाई व्यापक बनाउन सरकारसँग माग पनि गरेको छ ।
यस्तै, ‘पीपीई’, परीक्षण किट, भेन्टिलेटरलगायतका अत्यावश्यक सामग्रीको अभाव देखिएकाले तत्काल व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेसले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संकटको घडीमा अहोरात्र खटिने सञ्चारकर्मीहरुलाई प्रोत्साहित गर्न माग गर्दै संकटको घडीमा सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।