आगामी दुई साता थप जोखिमपूर्ण हुन सक्छन् : प्रधानमन्त्री

ओकेखबर संवाददाता २५ चैत्र २०७६, मंगलवार ११:४५ मा प्रकाशित ( साल अघि) ५६९ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता हाम्रा लागि जोखिमपूर्ण भएको बताएका छन्।

मंगलबार ११ बजे देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण र समुदाय फैलिने क्रम बढ्न सक्ने भन्दै प्रधानमन्त्री ओलीले थप चनाखो हुन जरूरी भएको बताए।

‘दुई सातादेखि देश लक डाउनमा छ। हामी सबैलाई थाहा छ यो अपरिहार्य कदम हो,’ उनले भने।

प्रधानमन्त्री ओलीले सबैको सहयोगले अहिलेसम्म कोरोना भाइरसको संक्रमण ९ जनामा सीमित राख्न सकिएको बताए।
उनले लकडाउनलाई पूर्ण रुपमा पालना गर्न पनि आग्रह गरेका छन् ।


सम्बन्धित खबरहरु