नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

ओकेखबर संवाददाता २४ चैत्र २०७६, सोमबार १६:४० मा प्रकाशित ( साल अघि) ४४२ पाठक संख्या

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् ।

 

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारी सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गभर्नरमा नियुक्त भएको शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले जानकारी दिए ।

 

यसअघि अर्थमन्त्री डा युवराज खतिवडा, पूर्व गभर्नर विजयनाथ भटराई र पूर्वसचिव कृष्णहरी बाँस्कोटासहितको तीन सदस्यीय टोलीले तीन जनाको नाम सिफारिस गरेको थियो ।


सम्बन्धित खबरहरु