बैशाख ३ सम्म लम्बियो ‘लकडाउन’

ओकेखबर संवाददाता २४ चैत्र २०७६, सोमबार १६:४९ मा प्रकाशित ( साल अघि) ३३६ पाठक संख्या

काठमाडौ । सरकारले वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ।

दुई दिनअघि सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन भन्दै एउटा स्थानीय तहबाट अर्को स्थानीय तह र एउटा प्रदेशबाट अर्को प्रदेशमा आवतजावत गर्न प्रतिबन्ध लगाएको थियो।

एकै दिन तीनजना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि सरकारले लकडाउनलाई कडा ढङ्गले लागु गर्ने निर्णय गरेको थियो।

यसअघि सरकारले सातरसात दिनको गरी दुई पटक लकडाउनसम्बन्धी निर्णय गरेको थियो।

पछिल्लो निर्णय अनुसार भोलि १२ बजे लकडाउनको अवधि सकिँदैछ।


सम्बन्धित खबरहरु