न्यू योर्कमा बाघलाई पनि सर्यो कोरोना भाइरस

ओकेखबर संवाददाता २४ चैत्र २०७६, सोमबार ०९:३३ मा प्रकाशित ( साल अघि) ३८४ पाठक संख्या

विश्वमहामारीबाट सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा जनावरमा पनि कोरोना संक्रमण सरेको छ ।

न्यू योर्कमा रहेको ब्रोंक्स चिडियाखानामा रहेको बाघलाई कोभिड१९ को संक्रमण भएके पुष्टि भएको हो ।

उक्त चिडियाखानाका प्रमुख भेटेनेरियनले आइतबार संक्रमणका कारण आफ्नो एक बाघलाई कोभिड१९ भएको बताएका हुन्।

सो चिडियाखानामा रहेको ४ वर्षे नादिया नाम गरेको मलायान बाघमा कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो।

मानिसबाट जनावर संक्रमित भएर बिरामी परेको संसारमा यो नै पहिलो पटक हो ।


सम्बन्धित खबरहरु