लकडाउन प्रभाव : अधिकांश सामाजिक सञ्जालमा व्यस्त

ओकेखबर संवाददाता २४ चैत्र २०७६, सोमबार १५:३० मा प्रकाशित ( साल अघि) २८२ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमलाई न्युनिकरण गर्न सरकारले चैत ११ गतेदेखी लागु हुनेगरि मुलुकभर लकडाउन लागु गर्यो । एक साताको लागि भनिएको लकडाउन लम्ब्याएर फेरी चैत २५ गतेसम्म भनिएको छ ।

घरबाहिर निस्कन नपाएपछि मानिसहरुले समय सहजरुपमा बिताउनको लागि विभिन्न उपायहरु अपनाईरहेका छन् । कोही रचनात्कम काममा लागेका छन् भने अधिकांश सामाजिक सञ्जालमा भुलिएका छन् ।

त्यसो त आफूले सूचनाको भरपर्दो माध्ययमका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको धादिङका कमला रिमाल बताउँछिन् । उनि भन्छिन्, ‘सरकारले लागु गराएको लकडाउनको नियममा हाम्रो समर्थन छ । म फुर्सद भयो कि, फेसबुक र अनलाइनबाट समाचार पढ्छु ।’

त्यस्तै अर्जुन श्रेष्ठले पनि घरमा पहिले भन्दा अहिले सामाजिक सञ्जालमा समय धेरै व्यतित भएको बताए । तर कतिपय मानिस बिनाकाममा घरबाहिर निस्कने गरेकोमा आक्रोस् पोख्छन् ।

“सरकारले हाम्रै स्वास्थ्यको सुरक्षाको लागि नियम लागू गरेको छ, आखिर के का लागि नियमको उल्लङ्घन गरेको रु” नियमको उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको बुझाइ छ । उनले भने ।

शर्मिला अधिकारी पनि राति अबेरसम्म सामाजिक सञ्जालमा भुल्छिन्। ‘बढीजसो इन्स्टाग्राम र युट्युब चलाउँछु। फेसबुक कमै खोल्छु। कामका लागि जिमेल, ह्वाट्सएप र भाइबरमा समय बित्छ।’ सामाजिक सञ्जालमा रमाउदा समय छिट्टै बितेजस्तो लाग्छ उनलाई ।

त्यस्तै रमिला आचार्यको दैनिकी पनि सामाजिक सञ्जाल फेसबुक र युट्युव चलाएरै बित्ने गर्छ । उहाँले दिनहुँ युट्युवमा मनोरञ्जनात्मक सामग्री हेरेर समय बिताइरहनुभएको छ । मजदुरी गरेर जिविका चलाउने उनको जीवन भने केही कष्टकर नभएको होइन । अधिकांश समय घरबाहिरै बिताउनेहरु लकडाउन आज तेह्र दिन भए पनि अझै थप्नुपर्ने माग राख्छन् ।


सम्बन्धित खबरहरु