
आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सिल्क लगायत विभिन्न एयरलाइन्सबाट नेपाल आएर खरिपाटीको क्वरेण्टीनमा रहेका सबै ९४ जनाको कोरोना भाइरसको नमुना परीक्षण नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरे ।

सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि गत चैत ९ गते नेपाल आएका उनीहरुलाई भक्तपुरको खरिपार्टीस्थित क्वरेण्टीनमा राखिएको थियो । डाक्टर देवकोटाले आइतबार सम्म राष्ट्रिय प्रयोगशालामा १ हजार ५ सय २९ वटा नमुना परीक्षण गरिएको र काठमाण्डौ बाहिर पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढीमा परीक्षण पनि परीक्षण भईरहेको जानकारी दिए ।
उहाँले चितवनमा नमुना परीक्षण टेष्टको काम भइरहेको र बुटबलमा सोमबार देखि सुरु हुने बताउनुभयो । काठमाण्डौमा १२ जना र बाहिर १ सय १ जना गरि १ सय १३ जना आइसोलेनमा छन् । मन्त्रालयको मोबाईल एप्समा आफ्नो व्यक्तिगत विवरण भर्नेहरु ८ हजार ९७ पुगेका छन् ।
आइतबार मात्रै १ हजार ८ सय १२ जनाले व्यक्तिगत विवरण भरेको र ती मध्ये २४ वटा विवरण रेड जोनमा परेका छन् । यो संगै रेड जोनमा रहेकाको संख्या १ सय ५० पुगेको छ ।
उनले कैलाली, कञ्चनपुर र बाग्लुङका क्वरेण्टीनमा रहेका सबैको तथा चैत महिनामा बाहिरबाट नेपाल प्रवेश गरेका सबैको र्यापिट टेष्ट बाट कोभिड १९ को परीक्षण गर्ने र पोजिभ देखिएका व्यक्तिको पुन पीसीआर विधिबाट परीक्षण गर्न सरकारदले दिएको निर्देशन अनुसार सम्बन्धित निकायको बैठक बसी तीनै जिल्लामा सोमबार नै टोली पठाउने निर्णय भएको जानकारी दिए।