पूर्वप्रधानमन्त्रीहरूसँगको छलफलमा आफूले मुलुकलाई संकटबाट जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपिल गरेको आइतबार दिउँसो ट्विट गर्दै देउवाले जानकारी गराएका छन् ।
सभापति देउवाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा कुराकानी गरेका हुन् ।
सभापति देउवाले ट्विटमा लेखेका छन्, ‘आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढंगले कार्य गरौँ, अपिल गरेको छु ।’