दादुराका कारण दुई बालबालिकाको मृत्यु

राजाराम डंगोल २३ चैत्र २०७६, आईतवार ११:५३ मा प्रकाशित ( साल अघि) ३६६ पाठक संख्या

बुम्राङफेदी, धादिङ । धादिङ जिल्लालाई २०७४ पौष १७ मा पूर्ण खोपयुक्त जिल्ला घोषण गरिएको थियो । २७ महिना पछि जिल्लाकै बेनीघाट रोराङ गाँउपालिकामा दादुरा आउट ब्रेक हुदाँ दुई जना बालबालिकाले ज्यान गुमाएकाछन् । चेपाङ जातिको बाहुल्य जनसंख्या रहेको गाँउपालिकाका रुपमा परिचत बेनीघाट रोराङ गाँउपालिका वडा नं। ६ का ६० वर्षिय छोरा सन्त बहादुर चेपाङ र ३० वर्षिय सोल्टीमायाकी २९ महिनाको छोरी अनुपा (अनुशा) चेपाङको चैत्र ११ गते र सोही वडा मम्राङ निवासी आशाकुमारी चेपाङकीे ८ महिनाको ससान्तको चैत्र १५ गते मुत्यु भएको गाँउपालिकाले बताएको छ ।

 

विपन्न चेपाङ समुदायका चेपाङहरु अशिक्षाका कारण आफुहरुले बालबालिकालाई खोप लगाउन पर्छ भन्ने ज्ञान नभएको बताउँछन् । गाउको सवै बालबालिकामा दादुरा देखिएपछि गाँउपालिका अन्तरगतको स्वास्थ्य शाखाले तथ्यांक संकलन, उपचार , नमूना परिक्षण गरि सचेतनाको कार्यक्रम सञ्चालन तथा घरदैलो सेवा तथा खोप कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य संयोजक शंकर बावु दुवाडीले बताए । पहिलो पटक फागुन ४ गते चरौदी आधारभुत स्वास्थ्य केन्द्मा ४ जनामा दादुराको लक्ष्ण द्खिएको थियो । फागुन ७ गते स्थलगत अनुगमनमा ४६ जना दादुराका विरामी भेटिएकोमा २ जनाको नमूना परिषक्ष गर्न कान्ति वाल अस्पताल भर्ना गरिएकोमा तीन दिनमा सञ्चो भई घर फकेका हुन । फागुन ८ मा स्वास्थ्य कायाृलय प्रमुख डा भुवन पौडेल, विश्व स्वास्थ्य संगठनको आइपिओ अफिसर डा रुपेश तिमिल्सिना सहितको टोलीले स्थलगत अनुगमन गरि प्रतिकार्यका लागि गाँउपालिकालाई सुझाव दिएको संयोजक दुवाडीले बताउनु भयो ।

 

गाँउपालिकाले फागुन २३ र २६ गते र्दु खोप केन्द्र स्थापना गरि खोप लगाएको र वडा अध्यक्ष देवकृष्ण आलले घरघरमा गएर खोप लगाउन आग्रह गदैं हिडेको उनले बताए । हाल सम्म वेनीघाट रोराङ गाँउपालिकामा एक सय असी १४ वर्ष उमेर समूहसम्मका बालबालिकालाई दादुरा आएको छ । आफ्नै वडाको स्वास्थ्य केन्द्र जान २ घण्टा भन्दा बढी समय लाग्ने भएपछि बालबालिका विरामी परेपछि अन्य काम सहित ४ घण्टको यात्राबाट चरौदी आधारभुत स्वास्थ्य केन्द्र जान हिडेकी सानुमाया चेपाङलाई अहिले हिडडुल गर्न नपाउने भन्दै बाटोबाट फकाईएको उनले बताईन ।

सरकारको बषौंसम्मको कडरौ लगानीमा खोप मुक्त जिल्ला घोषण गर्दैमा खोप मुक्त नभएको र तत्कालिन अवस्थामा खोपको प्रचार प्रसार प्रभावकारी नहुदाँ अहिलेको अवस्था आएको र नैतिक जिम्मेवारीबाट आफु पन्छिन नमिल्ले वडा अध्यक्ष आलेले बताउनु भयो । दादुरा खोप मात्र नभई सवै किसिमका खोप प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयसेविका, स्वास्थ्यकर्मी जनप्रतिनिधि, सामाजिक अभियान्ताहरुको संयुक्त पहलमा खोप कार्यक्रम प्रभावकारी बनाउने कार्यक्रम गाँउपालिकाले अघि सार्ने प्रमुख प्रशासीय अधिकृत लक्ष्मण भट्टराईलेबताउनु भयो ।

 

दादुरा खोप निवारण २०१९ मा घोषण गर्ने कार्यक्रम रहेको तर विविध कारणले रोकिन गई सन २०२३ मा दादुरा निवारण घोषण हुन कार्यक्रम रहेको स्थलगत अनुगमनमा गएका गजुरी गाँउपालिका स्वास्थ्य संयोजक डाक्टार रामहरी रेग्मीले बताउनु भयो । आइतवार स्थलगत अनुगमनमा गएका प्रमुख प्रशासकीय अधिकृत भट्टराई, वडा अध्यक्ष स्वास्थ्य संयोजक दुवाडी, उपसंयोजक सिता शाक्य सहितका टोलिले वालवालिकाको स्वास्थ्य परिक्षण गरी आवश्यक औषधी दिएका थिए । गाँउपालिकाले खोप सम्वन्धी विदेश कार्यक्रम सञ्चालन गर्न बागमति प्रदेश सामाजिक विकास मान्त्रालयमा चैत्र १८ गते पत्राचार गरिसकेको छ । राजाराम डंगोल


सम्बन्धित खबरहरु