विश्व भयावह : कोभिड–१९ बाट ज्यान जानेको संख्या ६५ हजार नजिक

ओकेखबर संवाददाता २३ चैत्र २०७६, आईतवार ०६:३१ मा प्रकाशित ( साल अघि) ५०५ पाठक संख्या

एजेन्सी । कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण आइतवार बिहानसम्ममा विश्वभर ६४ हजार ६ सय ७८ जनाको ज्यान गएको छ । १२ लाख १ हजार ४ सय ७३ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये २ लाख ४६ हजार १ सय ७४ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय अमेरिकामा कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा फैलिएको छ । अमेरिकामा ३ लाख ११ हजार भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने ८ हजार ४ सय ५२ ले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै स्पेनमा १ लाख २६ हजार १ सय ६८ र ईटलीमा १ लाख २४ हजार ६ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्ममा सबैभन्दा धेरै इटलीमा १५ हजार ३ सय ६२ जनाले ज्यान गुमाएका छन् । स्पेनमा ११ हजार ९ सय ४७ ले ज्यान गुमाइसकेका छन् ।

कोरोनाभाइरस संक्रमणबाट इटाली, स्पेन, संयुक्तराज्य अमेरिका, फ्रान्स, चीन, इरान, बेलायत, नेदरल्यान्ड्स, जर्मनी, बेल्जियम लगायतका मुलुकमा धेरै प्रभाव देखिएको छ ।


सम्बन्धित खबरहरु