कैलालीसहित तीन जिल्लामा र्‍यापिड टेस्ट गर्ने

ओकेखबर संवाददाता २३ चैत्र २०७६, आईतवार ०६:०७ मा प्रकाशित ( साल अघि) ३१४ पाठक संख्या

काठमाडौं । सरकारले कैलाली, कञ्‍चनपुर र बागलुङमा र्‍यापिड टेस्ट गर्ने भएको छ ।

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा र्‍यापिड टेस्ट गर्ने को प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री युवराज खतिवडाका अनुसार कोरोना भाइरस पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय पनि जानकरी दिनुभयो ।

 

र्‍यापिड टेस्ट किटको प्रयोग गर्ने बताए पनि चीनबाट ल्याइएका किटहरुको गुणस्तर यकिन छैन । एनएचआरसीले गुणस्तर जाँच गर्ने भनिए पनि उसले आफूसँग त्यो क्षमता नभएको बताइसकेको छ ।

कोरोना भाइरसको जोखिमबाट बचाउन भन्दै सरकारले यही चैत २५ गते मध्यरातिसम्म लकडाउन तोकेको छ । संक्रमित संख्या बढ्दै गएमा लकडाउन बढाउने तयारीमा सरकारको तयारी छ ।


सम्बन्धित खबरहरु