आज मात्रै २२ हजार नयाँ बिरामी थपिएका छन् । अस्पतालमा भर्ना भएर बसेका ८ लाख ४१ हजार ३ सय विरामीमध्ये ३९ हजार ६ सय ६४ जना विरामीका अवस्था गम्भिर छ ।
सबैभन्दा धेरै संक्रमण अमेरिकामा फैलिएको छ । अमेरिकामा २ लाख ७७ हजार भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । त्यस्तै स्पेनमा १ लाख २४ हजार ७ सय ३६ र ईटलीमा १ लाख १९ हजार ८ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्ममा सबैभन्दा धेरै इटलीमा १४ हजार ६ सय ८१ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी स्पेनमा ११ हजार ७ सय ४४, अमेरिकामा ७ हजार ४ सय ६, फ्रान्समा ६ हजार ५ सय ७ र बेलायतमा ४ हजार ३ सय १३ जनाको ज्यान गएको छ । कोरोना भाईरसको संक्रमण २०५ वटा देश र २ वटा अन्तर्राष्ट्रिय पानीजहानमा फैलिएको छ ।