कोरोनाका थप तीनजना संक्रमित फेला, नेपालमा संक्रमित संख्या ९ पुग्यो

ओकेखबर संवाददाता २२ चैत्र २०७६, शनिबार १३:२० मा प्रकाशित ( साल अघि) ८६६ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोनाका थप तीनजना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य मन्त्रायका अनुसार मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचारारत कोरोना संक्रमितका आफन्तमा कोरोना संक्रमण फेला परेको हो ।

यसअघि दुबईबाट फर्केका धनगढी ३४ वर्षीय युवामा कोभिड–१९ पोजेटिभ देखिएको थियो । उनकी भाउजुको थ्रोट स्वाब परिक्षण गर्दा उनमा पनि कोभिड–१९ पोजेटिभ देखिएको हो ।

यो स्थानीयमा कोभिड–१९ सरेको पहिलो हो । यसअघि नेपालमा कोभिड–१९ का आयातीय संक्रमितहरु मात्रै देखिएका थिए । यससँगै नेपालमा कोभिड–१९ पोजेटिभको संख्या ९ पुगेको छ ।


सम्बन्धित खबरहरु