चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको सम्झनामा तीन मिनेट मौनधारण

ओकेखबर संवाददाता २२ चैत्र २०७६, शनिबार १२:२७ मा प्रकाशित ( साल अघि) ४३० पाठक संख्या

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएकाहरूको सम्झनामा चीनमा तीन मिनेट मौनधारण गरिएको छ ।

चीनभरिका नागरिकले भाइरसका मृत्यु भएका सबै मानिस र सङ्क्रमितको उपचार गर्दागर्दै आफ्नो ज्यान गुमाउने स्वास्थ्यकर्मीको सम्मानमा राष्ट्रिय शोक दिनका रूपमा राष्ट्रिय झण्डासमेत आधा झुकाइएको छ । सवारीसाधनका हर्नहरूले पनि परम्परागत शोक धुन बजाएका छन् ।

यद्यपि, सङ्क्रमणको डर बाँकी नै रहेकाले सर्वसाधारणलाई भने चिहानमा जानबाट रोकिएको थियो ।

यसैबीच, चीनका सिन्ह्वा, चाइना डेल्ली, ग्लोबल टाइम्स, पिपुललगायतका मूलधारका मिडियाले आफ्ना अनलाइन संस्करण अग्रभाग श्यामश्वेत बनाएका छन् ।

सङ्क्रमणको इपिसेन्टर मानिएको वुहान सहरमा जनजीवन सामान्य बन्दै गएको छ ।


सम्बन्धित खबरहरु