कोरोना सङ्क्रमित कोरियन चिकित्सकको मृत्यु

ओकेखबर संवाददाता २२ चैत्र २०७६, शनिबार १०:४१ मा प्रकाशित ( साल अघि) ४६५ पाठक संख्या

सउल कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत एक ५९ वर्षीय कोरियन चिकित्सकको कोरोना भाइरसका कारण शुक्रबार मृत्यु भएको छ ।

 

द कोरिया टाइम्स्को अनुसार  आफूमा कोरोना सङ्क्रमण भएको पाइएपछि उनी मार्च १९ देखि ख्याङ्बुक नेसनल युनिभर्सिटी अस्पताल थेगुमा उपचार गराइरहेका थिए ।

उनलाई आफ्नो मेडिकलमा आएका सङ्क्रमितबाटै जाँच गर्ने क्रममा सङ्क्रमण भएको हुनसक्ने आशङ्का गरिएको छ ।

ओल्डोमिटर्सका अनुसार कोरियामा कोरनाका कारण शनिवारसम्म मृत्यु हुनेको सङ्ख्या १ सय ७७ पुगेको छ भने हालसम्म सङ्क्रमितको सङ्ख्या १० हजार १ सय ५६ पुगेको छ ।


सम्बन्धित खबरहरु