स्तब्ध अमेरिका : कोरोनाबाट एकैदिन १ हजार ३२१ को मृत्यु

ओकेखबर संवाददाता २२ चैत्र २०७६, शनिबार ०७:४२ मा प्रकाशित ( साल अघि) २२८९ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय २१ जनाको मृत्यु छ । यससँगै यहाँ मृतकको संख्या ७ हजार ३ सय ९२ पुगेको छ ।

 

वर्ल्डोमिटरको पछिल्लो आँकडाअनुसार ३२ हजार २ सय ८० नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । यहाँ अहिलेसम्म कूल २ लाख ७७ हजार १ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ ।

 

संक्रमितमध्ये ५ हजार ७ सय ८७ को अवस्था गम्भीर छ । यद्यपि, १२ हजार २ सय ८३ जना संक्रमित उपचारपश्चात् निको भएर घर फर्किएका छन् ।

 

विश्वभर कोरोना संक्रमणबाट प्रभावित हुनेको संख्या दैनिक उकालो लाग्दै छ । विश्वमा कोरोना महामारीबाट हालसम्ममा ५९ हजार १ सय ५९ जनाले ज्यान गुमाइसकेका छन् ।

१० लाख ९८ हजार ३ सय ८६ संक्रमित मध्ये २ लाख २८ हजार ९ सय १७ को सफल उपचार भएको छ ।


सम्बन्धित खबरहरु