रोकिएन कोरोना प्रकोप, संक्रमणबाट ज्यान जानेको संख्या ५९ हजार नाघ्यो

ओकेखबर संवाददाता २२ चैत्र २०७६, शनिबार ०६:४१ मा प्रकाशित ( साल अघि) ३५४ पाठक संख्या

एजेन्सी । कोेरोना भाइरस (कोभिड–१९) बाट विश्वमा शनिवार  बिहान सम्म ५९ हजार १ सय ४० को मृत्यु भएको छ ।

ओल्डओमिटर्सका अनुसार हालसम्म विश्वभर १० लाख ९७ हजार ८ सय १० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

त्यसैगरि २ लाख २८ हजार ४ सय ५ जना कोरोना भाइरसको सङ्क्रणबाट निको भएका छन् ।

कोेरोना भाइरस (कोभिड–१९)लाई ले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।

सोही बमोजिम सतर्कता अपनाउन पनि विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

यद्यपि अमेरिका, इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

कोरोनाभाइरस संक्रमणबाट इटाली, स्पेन, संयुक्तराज्य अमेरिका, फ्रान्स, चीन, इरान, बेलायत, नेदरल्यान्ड्स, जर्मनी, बेल्जियम लगायतका मुलुकमा धेरै प्रभाव देखिएको छ ।


सम्बन्धित खबरहरु