कालीमाटी फलफूल तथा तरकारी बजारभित्र खुद्रा पसल सञ्चालनमा रोक

राजाराम डंगोल २१ चैत्र २०७६, शुक्रबार १८:०३ मा प्रकाशित ( साल अघि) ६२३ पाठक संख्या

काठमाडौं । कोरना भाइरसको महामारीको विषम परिस्थितिलाई मध्यनजर गरि कालीमाटी फलफूल तथा तरकारी बजारभित्र रहेका खुद्रा पसल सञ्चालनमा रोक लगाइएको छ ।

तरकारी खरिदका लागि मानिसको भिड अत्यधिक भएपछि व्यवसायीहरुसँगको सहमतिमै ६५ वटा पसल बन्द गर्ने निर्णय भएको बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

सुरक्षित र सहजरुपमा कृषि उपजको विक्रि वितरण गर्नका लागी जनप्रतिनिधि, व्यवसायी प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, समितिका पदाधिकारी तथा सरोकारवाला सहितको वैठकवाट लकडाउन अवधिभर कार्यान्वयन गर्नका लागी विभिन्न विषयमा निर्णय भएको छ ।
बैठक को निर्णय हरु

 

१) कालीमाटी फलफूल तथा तरकारी बजार भित्र रहेको खुद्रा बजार र किसान वजार मिति २०७६/१२/२२ गते देखि पूर्ण रुपमा बन्द गरिने ।

२) मिति २०७६/१२/१६ गतेको बठकवाट भएको निर्णय तथा समितिको सूचना बमोजिम थोक विक्रिका ल्याइएको बोरा, क्रेट प्याकेजिङ्गलाई नखोली जस्ताको तस्तै मात्र विक्रि वितरण गर्ने तथा नेपाल वाहिरवाट आउने फलफूल तथा तरकारीजन्य कृषि उपजको वजार प्रवेशमा रोक लगाउने निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।

 

३) कालीमाटी बजारमा थोक खरिद गरी कृषि उपज लिन आउने चारपांग्रे ढुवानी साधनलाई मात्र प्रवेश दिइने । मोटर साइकल/साईकल प्रयोग गरि खरिद गर्न आउने व्यवसायी, उपभोक्तालाई आ आफनो क्षेत्रमा रहेका तरकारी/फलफूलजन्य पसलहरुबाट खरिद गर्न सुचित गरिन्छ । साथै उपरोक्त अनुसारको व्यवस्थाको लागी प्रहरी प्रशासन मार्फत सहजीकरण गर्ने ।

 

४) कालीमाटी बजार परिसरमा रहेको खुद्रा बजार बन्द हुने भएकोले पैदल यात्री एवं फुटकर उपभोक्तालाई बजार प्रवेशमा रोक लगाइने ।

 

५) कालीमाटी तरकारी बजारको पछाडि तर्फ रहेको टंकेश्वर तर्फको गेट पूर्ण रुपमा बन्द गरिने ।

 

६) यस विषम परिस्थितिमा कोराना भाइरस विरुद्ध गरिएका निर्णयहरु लागु नभएको पाईएमा सम्वन्धित सरोकारवालहरुलाई प्रचलित कानून बमोजिम कारवाहि गरिने । लगाएत को निर्णय भएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समिति ले जनाएको छ ।


सम्बन्धित खबरहरु