पोखरामा पोजेटिभ रिपोर्ट भेटिएको छैन: स्वास्थ्य मन्त्रालय

ओकेखबर संवाददाता २१ चैत्र २०७६, शुक्रबार १७:४१ मा प्रकाशित ( साल अघि) २४२ पाठक संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ । मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै यो कुरा प्रष्ट पारेको हो ।

 

साथै मन्त्रालयले कोरोना भाइरसबाट संक्रमित भएर उपचाररत पाँचै जना बिरामीको स्वास्थ्य सामान्य रहेको जनाएको छ।

आज आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले कोरोनाबाट संक्रमित पाँचै जनाको स्वास्थ्य सामान्य रहेको जानकारी दिएका हुन्। ‘कोरोनाबाट संक्रमित पाँच जनाकै स्वास्थ्य सामान्य छ,’ उनले भने।

 

कोरोनाबाट संक्रमितमध्ये दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, दुई जनाको बागलुङ र एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको उनले बताए।


सम्बन्धित खबरहरु