समाजसेवी गुरुङद्वारा राहत वितरण

ओकेखबर संवाददाता २१ चैत्र २०७६, शुक्रबार ०८:०३ मा प्रकाशित ( साल अघि) २६८ पाठक संख्या

समाजसेवी तथा नेपाली काङ्ग्रेसका युवा नेता प्रवीण गुरुङले विहादी गाउँपालिकामा मजदुरी गर्ने घरपरिवारलाई निशुल्क खाद्यान्न उपलब्ध गराएका छन ।

गत स्थानीय तहको चुनावमा नेपाली काङ्ग्रेसबाट गाउँपालिका अध्यक्षका प्रत्यासीसमेत रहेका गुरुङले गाउँपालिका भित्र दैनिक ज्याला मजदुरी गर्ने वाड नम्बर १ बाचछामा कोरोना सुरक्षित तवरबाट विपन्न र ज्यालादारी गर्ने परिवारलाई व्यक्तिगत खर्चमै खाद्यान्न सहयोग गरेका हुन् ।

पछिल्लो साता देखि सरकारले गरेको लकडाउनका कारण यहाँका कैयन गरिब, मजदुरी गर्ने घरपरिवार दैनिक जिविकोपार्जनको समस्यामा परेका थिए । उनीहरुको दैनिकी सहज गराउनकै लागि गुरुङले गाउँपालिकाभित्रका मजदुरी गर्ने हरेक घरको तथ्यांक निकालेर आफुले उनीहरुलाई खाद्यान्न सहयोग गरेको बताए ।

नेता गुरुङले विहादीका जनताको रक्षा गर्नु आफ्नो  दायित्व भएको भन्दै सदैव जनताको जनताको दुख सुखमा सगै हुने बताए । पालिकाभित्र रहेका सम्पुर्ण पाटीका भातृ संस्थाहरु नेबिसंघ , तरुण दल, महिला संघ, शिक्षक संघ, भुपु संघ लगायतलाई बिपदको यो समयमा आवश्यक समन्वय गर्न आग्रह गरेका समेत गरे । उनले यस्तो संकटमा स्थानिय सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिदै बिपत्तिको बेला सरकार कमिसन र कमाउ धन्दा तिर लाग्नु लाजमर्दो भएको बताए ।

विहादी गाउपालिका ४ लौके निवासी नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य, समाजसेवी, युवा नेता प्रविण गुरुङको सहयोग र नेपाल तरुण दल विहादीको सहकार्यमा ५५ घर परिवारलाई आज बिहादी गाउपलिका वाड नं १ बाच्छामा राहत वितरण गरेको हो ।


सम्बन्धित खबरहरु