कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५३ हजार नाघ्यो

ओकेखबर संवाददाता २१ चैत्र २०७६, शुक्रबार ०६:३९ मा प्रकाशित ( साल अघि) ५४२ पाठक संख्या

एजेन्सी । कोेरोना भाइरस (कोभिड–१९) बाट विश्वमा शुक्रबार बिहान सम्म ५३ हजार १ सय ६६ को मृत्यु भएको छ ।

ओल्डओमिटर्सका अनुसार विश्वभर १० लाख १४ हजार ९ सय ४३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

त्यसैगरि २ लाख १२ हजार १८ जनालाई कोरोना भाइरसको सङ्क्रणबाट निको भएका छन् ।

कोेरोना भाइरस कोभिड–१९०लाई ले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।

सोही बमोजिम सतर्कता अपनाउन पनि विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

यद्यपि अमेरिका, इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

कोरोनाभाइरस संक्रमणबाट इटाली, स्पेन,संयुक्तराज्य अमेरिका,फ्रान्स,चीन,इरान,बेलायत,नेदरल्यान्ड्स,जर्मनी,बेल्जियम लगायतका मुलुकमा धेरै प्रभाव देखिएको छ ।


सम्बन्धित खबरहरु