हेटौँडामा कोरोनाको परीक्षण हुने

ओकेखबर संवाददाता २० चैत्र २०७६, बिहीबार २१:०७ मा प्रकाशित ( साल अघि) २५५ पाठक संख्या

हेटौँडा । वागमती प्रदेशको राजधानी हेटौँडामा पनि अब कोरोना भाइरसलगायत अन्य परीक्षण गर्न सकिने भएको छ ।

हेटौँडा उपमहानगपालिका वडा नम्वर १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रमा स्थापना गरिएको प्रयोगशालामा रहेका उपकरणलाई आज प्राविधिक जनशक्तिले परीक्षण शुरु गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोनालगायत विभिन्न प्रकारका जाँच गर्नका लागि पठाइएका सामग्रीको सफल परीक्षण गर्न सकिने भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले बताउनुभयो ।

उक्त प्रयोगशाला तत्काल सञ्चालन गर्ने प्रक्रियाका लागि संघीय सरकारले दुई जना प्राविधिक खटाएको सामाजिक मन्त्रालयले जनाएको छ ।
यसअघि आइशोलेसनमा रहनुभएका बिरामीको स्वाब परीक्षणका लागि काठमाडौँको टेकु पठाउने गरेकामा अब हेटौँडामै परीक्षण गरिने सो मन्त्रालयले जनाएको छ ।


सम्बन्धित खबरहरु