कोरोना भाइरस संक्रमणविरुद्ध सचेत भएर सजगता अपनाउन र कोही संक्रमित व्यक्ति गाउँमा नआओस् भनेर नाम्खा ३ नं वडा कार्यालयले गाउँबासीलाई कोरोनाको संक्रमणबाट जोगाउन सो नियम बनाएको वडाध्यक्ष छेपाल लामाले बताउनुभयो ।
वडा नं ३ कार्यालयले गाउँवासी होस् वा बाह्य निवासी जो भए पनि स्वास्थ्य परीक्षण नगरी गाउँ प्रवेश गरेको पाइएमा रु २५ जरिवाना र जो जति परिवार छन् सबैलाई क्वारेन्टाइनमा बस्न लगाइने निर्णय भएको वडाध्यक्ष लामाले बताउनुभयो ।
वडा नं ३ खगालगाउँमा बुधबारदेखि कुनै पनि नयाँ व्यक्तिलाई प्रवेश निषेध गरिएको छ ।