आज: 

कोभिड-१९: १७ बन्दी रिहा

ओके खबर २० चैत्र २०७६, बिहीबार १६:१६ मा प्रकाशित ( साल अघि) २८३ पाठक संख्या

वीरगञ्ज । कोरोना भाइरस (कोभिड— १९) को सम्भावित जोखिमका कारण वीरगञ्ज कारागारले दुई महिलासहित १७ जना बन्दीलाई बुधबार साँझ रिहा गरेको छ ।

सर्वोच्च अदालतको निर्णयअनुसार बढीमा एक वर्षभन्दा कम सजाय भोग्न बाँकी रहेका ती बन्दीलाई रिहा गरिएको जेलर श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

सो भाइरसको जोखिमका कारणले कारागारले कैदीबन्दीलाई भेटघाट गर्न पूर्ण बन्द गरेको उहाँले बताउनुभयो ।


सम्बन्धित खबरहरु