अमेरिका, इटली, स्पेन र चीनमा मात्रै ५५ प्रतिशत कोरोना संक्रमित

ओकेखबर संवाददाता २० चैत्र २०७६, बिहीबार ०९:५८ मा प्रकाशित ( साल अघि) ३२५ पाठक संख्या

एजेन्सी । अमेरिका, स्पेन, इटली र चीनमा मात्रै कोरोना संक्रमितको संख्या ५ लाख ११ हजार २ सय ४९ जना पुगेको छ ।

यो विश्वको संक्रमितको संख्याको ५५ प्रतिशत हो । विश्वभर अहिलेसम्म ९ लाख ३५ हजार १ सय ९७ जनामा संक्रमण फैलिएको छ ।

यस्तै सबैभन्दा धेरै झण्डै २२ प्रतिशत संक्रमित अमेरिकाका रहेका छन् । पछिल्लो तथ्यांक अनुसार सबैभन्दा धेरै संक्रमण अमेरिकामा फैलिरहेको छ ।

अमेरिकामा अहिलेसम्म २ लाख १५ हजार, इटलीमा १ लाख १० हजार, स्पेनमा १ लाख ४ हजार र चीनमा ८१ हजार ५ सय भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।


सम्बन्धित खबरहरु