सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको एक आन्तरिक सन्देश अनुसार सामान्य कपडाबाट बनाइएको मास्कले पनि कोरोना भाइरसको संक्रमण रोक्न वा कम गर्न सहयोग गर्ने उल्लेख रहेको द वासिङ्गटन पोस्टले जनाएको छ ।
मास्क नपाएको अवस्थामा स्कार्फ (सल) ले मुख छोप्न राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वसाधारणलाई आग्रह गरेका छन् ।
सुझावमा मास्क स्वास्थ्यकर्मी, बिरामी तथा कोरोना भाइरसका बिरामीको हेरचाह गरिरहेकाहरुले मात्रै लगाउनु पर्ने उल्लेख छ ।
अमेरिकामा अहिले एन ९५ र सर्जिकल मास्कको अभाव रहेको छ । मास्क उपलब्ध नभएको अवस्थामा स्वास्थ्यकर्मीलाई मुख तथा नाक छोप्नका लागि रुमालको प्रयोग गर्न भनिएको छ ।
अमेरिकामा अहिलेसम्म दुई लाख १४ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ र पाँच हजार भन्दा बढीको मृत्यु भएको छ ।