कोरोनाको ‘टार्गेट’ अमेरिका, एकैदिनमा १ हजार ४९ जनाको मृत्यु

ओकेखबर संवाददाता २० चैत्र २०७६, बिहीबार ०७:३४ मा प्रकाशित ( साल अघि) ६०४ पाठक संख्या

एजेन्सी । विश्वभर आतंकित बनेको कोरोना भाइरसका कारण अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरै मृत्यु भएको छ ।

कोभिड१९ को संक्रमणका कारण बुधबार एकैदिन १ हजार ४९ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतकको संख्या ५ हजार १ सय ९  पुगेको छ ।

अमेरिकामा बुधबार मात्रै झण्डै २६ हजार नयाँ बिरामी थपिएका छन् ।

योसंगै संक्रमितको संख्या अमेरिकामा १ लाख १५ हजार ७१ पुगेको छ ।

अमेरिकामा यो रोग लागेर निको भएर घर फर्कनेको संख्या निक्कै कम छ ।

अहिलेसम्म ८ हजार ८ सय ७८ जना मात्रै निको भएर घर फर्किएका छन् । ५ हजार भन्दा धेरैको अवस्था गम्भिर छ ।


सम्बन्धित खबरहरु