कोरोना प्रकोप: अमेरिकामा झण्डै पाँच हजारको मृत्यु, विश्वभर ४४ हजार नाघ्यो

ओकेखबर संवाददाता १९ चैत्र २०७६, बुधबार २१:०६ मा प्रकाशित ( साल अघि) ८११ पाठक संख्या

एजेन्सी । कोरोना भाईरस (कोभिडा -१९) को संक्रमणका कारण अहिलेसम्म ४४ हजार २१६ को ज्यान गएको छ ।

पछिल्लो तथ्यांक अनुसार संक्रमित ८ लाख ८५ हजार ७ सय ४४ जनामध्ये ४३ हजार ६ सय ८९ जनाको ज्यान गएको हो । १ लाख ८५ हजार २सय २६ जना निको भएर घर फर्किएका छन् । सबैभन्दा धेरै ईटलीमा १२ हजार ४ सय २८ जनाको ज्यान गएको छ । १ लाख ५ हजार ७ सय ९२ जनामा संक्रमण पुष्टी भएको छ भने १५ हजार ७ सय २९ जना निको भएर घर फर्किएका छन् ।

यस्तै स्पेनमा आज एकैदिन ५८९ जनाको ज्यान गएसँगै मृत्यु हुनेको संख्या ९ हजार ५३ पुगेको छ ।

यस्तै अमेरिकामा ४ हजार ५९, फ्रान्समा ३ हजार ५ सय २३, चीनमा ३ हजार ३ सय १२, इरानमा ३ हजार ३६ र बेलायतमा १७ सय ८९ जनाको ज्यान गएको छ ।

संक्रमण फैलिएको देशमध्ये अमेरिकामा सबैभन्दा धेरै १ लाख ८९ हजार ८ सय ८६ जनामा कोरोना पुष्टि भएको छ । ७ हजार २ सय ७४ जना मात्रै निको भएर घर फर्किएका छन् ।


सम्बन्धित खबरहरु