‘बिपत्ति कसैको कमाउने अवसर बन्छ’

काँईलो नारायण १९ चैत्र २०७६, बुधबार १८:५८ मा प्रकाशित ( साल अघि) ५३६ पाठक संख्या

गजल

कसैको उजाडिन्छ त कसैको घर बन्छ ।
बिपत्ति कसैको कमाउने अवसर बन्छ।।

 

गरिबको रगत काम आउन्न यो देशमा ।
गरिबकै पसिनाले खाडी उर्वर बन्छ।।

 

केही गुमाए पछि केही पाउने भनेको ।
गाउँ शहर नपसे कहाँ शहर शहर बन्छ।।

 

याद राख खतरनाक हुन्छ सानै कुरा ।
सल्किए पछि झिल्को पनि भयंकर बन्छ।।

 

छोरो जन्मेकै दिन आमाको मृत्यु भयो ।
के था आफ्नो जन्म आमालाई जहर बन्छ ।।


सम्बन्धित खबरहरु