महामारीको सन्नाटामा ‘विश्व शक्तिराष्ट्र’ अमेरिका

मधुकर अधिकारी १९ चैत्र २०७६, बुधबार २०:०० मा प्रकाशित ( साल अघि) ४८८ पाठक संख्या

वासिङ्टन डिसी । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं सर्वशक्तिमान राष्ट्रका रुपमा विश्वसामु सामाजिक तथा सामरिक वर्चस्व समेत कायम राख्न सफल संयुक्तराज्य अमेरिका गएको महिना दिनदेखि ‘कोभिड १९’ नाम दिइएको कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको छ । करिब महिना दिन अघिसम्म अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्निया र पूर्वीय राज्य न्यूयोर्क घडीको सुईजस्तै अनवरत मेशिनको लयमा आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेका थिए र विश्वलाई यसैगरी बडो तीब्र गतिमा नियालिरहेका हुन्थे । तर अहिले त्यस्तो छैन । अमेरिकामा यतिबेला महिनादिन अघिको जस्तो तीब्र गतिको आर्थिक विकासको भन्दा बढी महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुदैछ ।

 

सम्भवत कतिपय बहुराष्ट्रिय कम्पनीहरु यतिबेला सन् २०२० लाई स्वागत गरेर आगामी एक दशकको रणनीति तर्जुमा गर्न केही कार्यक्रमहरु गर्ने तयारीमा थिए । तर नयाँ वर्षलाई स्वागत गरेको दोस्रो महिनामै आफ्नो कूल गार्हस्थ्य उत्पादनको २५ प्रतिशत अर्थात ५० खर्ब डलर वरावरको घाटा व्यहोर्नु परेको तथ्याङ्क वाहिरिनु र नागरिकहरुले अकालमा मृत्युवरण गर्न वाध्य हुनुपरेका कारण अमेरिकी राज्य सञ्चालनको सम्पूर्ण संयन्त्र यतिखेर तरङ्गित छ ।

यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण अमेरिकामा मात्र करिब ४ हजार व्यक्तिले जीवन गुमाउनु परेको छ भने यस भाइरसको सङ्क्रमणमा परेकाको सङ्ख्या १ लाख ८० हजार नाघेको छ । यसरी भाइरसको सङ्क्रमणमा परेको यति ठूलो सङ्ख्याका नागरिकले यसबाट मुक्त हुन सङ्घर्ष गरिरहेका छन् । चीनको वुहानवाट उत्पत्ति भएर विश्वका झण्डै दुइ सय देशलाई नै सङ्क्रमणमा पारेको भाइरसका कारण अमेरिकामा ३६५ दिन र चौबीसै घन्टा खुल्ने व्यापारिक प्रतिष्ठानहरु पनि अर्को सूचना नभएसम्मको लागि बन्द गरिएका छन् । यो घडी आउला भनेर अमेरिकाका ती कम्पनी एवं सिंगो देशले नै विरलै सोचेको थियो ।

 

विगत वर्षहरुमा हरेक शुक्रवार साँझ खचाखच भरिने रेष्टुरेन्ट, बार र पवहरु सुनसान छन् भने यहाँ ‘लाइभ म्युजिक’ बाट दर्शकलाई मनोरञ्जन प्रदान गर्ने लाखाँै ‘लाइभ व्याण्ड’का सदस्य पनि वेरोजगार भएका छन् । सूचना प्रविधिले मारेको फड्कोसँगै आफ्नो हातको औँलामा विश्वका घटनाहरु केलाउने र खेलाउने कार्यमा अभ्यस्त करोडौँ अमेरिकी अहिले वेरोजगार छन् । यसबेलाको अमेरिकीहरुको दैनिकीले यस अगाडिका कहालिलाग्दा घटनालाई समेत ओझेलमा पारिदिएको महसुश भएको छ । पचासै राज्यका गभर्नर आफ्ना नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले २४ सै घण्टा चनाखो भएका छन् ।

अहिले अमेरिका कोरोना भाइरसको विरुद्धमा विश्वयुद्धमा होमिएभन्दा पनि बढी होमिएको छ । झण्डै १७ करोड नागरिकलाई घरभित्रै बस्न भनिएको छ भने ८ करोड भन्दा बढीले आउने साताको ‘पे चेक’ वुझ्न नपाउने स्थिति छ । हजारौँ साना ठूला कार्यक्रम स्थगित भएका छन् भने हजारौँ जहाज एयरपोर्टमा ग्राउण्डेड भएका छन् । त्यसलाई उकास्न ह्वाइट हाउस, सिनेट, हरेक राज्य, नेशनल गार्ड देखि अहोरात्र खटिने स्वास्थ्यकर्मीहरु एकसाथ परिचालित छन् । अहिले अमेरिकाको सारा संयन्त्र देशलाई कारोनाको सङ्क्रमणबाट कसरी मुक्त गर्ने भन्ने ध्याउन्नमा जुटेको छ जुन पहिलो र दोश्रो युद्धमा होमिएको अमेरिका भन्दा फरक छैन यहाँका पुराना नागरिकहरु ।

 

यसैले ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति माइक पेन्स लगायत स्वास्थ्य क्षेत्रहरुको विज्ञ टोलीले पछिल्लो अवस्था बारेमा जानकारी दिन दिनहुँ पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिँदै सञ्चालन गरेका कदमदेखि चुनौतीको बारेमा समेत प्रकाश पारिरहेका छन् । यसरी हेर्दा अमेरिकी सरकारबाट जनउत्तरदायी सरकारले गर्ने एउटा कामको अभिभारा पूरा गर्न कुनै कसर नराखिएको देखिन्छ । यसै सिलसिलामा सिनेटले २ ट्रिलियन अर्थात २० खर्ब अमेरिकी डलरको राहत प्योकजलाई अनुमोदन गरेको छ । दुवै सदनले अनुमोदन गरेपछि गत शुक्रवार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेर कार्यान्वयनमा ल्याइएको छ । यसले अमेरिकाको इतिहासमा पहिलो पटक सवैभन्दा बढी धनराशी खर्चिनु परेको छ ।

 

यो राहात प्याकेज सन् २००८ मा वित्तीय सङ्कटको वेलामा गरिएको वेलआउटको रकम ७०० विलयन डलर भन्दा तीन गुणा वढी छ । यसको अन्य विभिन्न शीर्षक लगायत नागरिकलाई सिधै रकम दिने प्रावधानले कठिन घडीमा जनताको लागि आशाको केन्द्र वनाएको छ । अमेरिकाको कूल जनसङ्ख्याको ९० प्रतिशत अर्थात करिव ३१ करोड अमेरिकीलाई न्यूनतम १ हवार २०० डलरको दरले सिधै रकम दिने प्रस्ताव यसमा गरिएको छ । यो प्रस्ताव अनुसार हरेक परिवारका सदस्यले १ हजार २०० डलर र प्रति नावालकलाई पाँच सयका दरले अतिरिक्त रकम दिने उल्लेख गरिएको छ । यो राहत प्याकेजले अमेरिकाको अर्थव्यवस्थालाई थप चलायनमान वनाउने र नागरिक तथा व्यवसायीहरुको मनोवल उच्च वनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

 

अमेरिकाको कारोना भाइरसको वारेमा तथ्याङ्क राख्दै आएको मेरिल्याण्ड राज्यमा रहेको र विश्वको उत्कृष्ट चिकित्सिा विज्ञानको पढाई हुने जोन हप्किन्स विश्वविद्यालयले राखेको तथ्याङ्कअनुसार वाशिङ्गटन स्टेट्बाट पैmलिएको यो कोरोना भाइरसले सवैभन्दा बढी विश्वको वित्तीय राजधानीको रुपमा रहेको न्यूयोर्कलाई इपिसेन्टरको रुपमा गाँजेको छ । न्यूयोर्क राज्यमा मात्र मृत्युवरण गर्नेहरुको सङ्ख्या १ हजार २०० नाघेको छ भने ६६ हजार ४९७ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यसैले अहिले अमेरिकाको ध्यान न्यूयोर्क शहरका नागरिकलाई कसरी आश्वस्त पार्ने भन्नेमा केन्द्रित छ ।

 

अत्याधिक मात्रामा विरामी भएपछि सार्वजनिक स्थलहरुलाई अस्पतालको रुपमा परिणत गरिएको छ भने सोमवार मात्र नेभीको एउटा पानी जहाजलाई अस्थाई अस्पतालको रुपमा विकसित गरेर न्यूयोर्क पुर्याइएको छ । यसको क्षमता एक हजार अस्पतालको वेड वरावरको रहेको छ । न्यूयोर्कका मेयर विल डि व्लाजियोले भेन्टिलेटरको सङ्ख्या बढाइएको र वेडको सङ्ख्या पनि ३४ हजारसम्म पुर्याइएको जानकारी दिनुभएको छ ।

उता अर्को राज्य क्यालिफोर्नियामा पनि नेभी अस्पताल पानी जहाज लस एञ्जेलसको वन्दरगाहमा शुक्रवार पुगेको छ उक्त अस्पतालमा पनि एक हजार वेड क्षमताको भएको जनाइएको छ । एकपछि अर्को राज्य गर्र्दै पुगेको कोरोना भाइरसको कारणले टेक्सास राज्यले न्यूयोर्क र न्यूजर्सी राज्यमा भ्रमण गरेर आएकाहरुले अनिवार्य रुपमा १४ दिन सेल्फ क्वारेन्टाइनमा वस्नुपर्ने नियम बताएको छ ।

अहिले अमेरिकाका सत्रवटा राज्यमा स्वास्थ्यको दृष्टिकोणले सङ्कटकाल लगाइएको छ । त्यसमध्ये आक्रान्त राज्यहरु क्यालिफोर्निया, न्यूयोर्क र वासिङ्गटन रहेका छन् । खासमा भाइरसको प्रकृतिअनुसार मानिसको मानिससँगको नजिकको संसर्गबाट लाग्ने भनेर सचेत गराइएको भए पनि कतिपय मानिसहरु थाहा नपाई यो भाइरसको शिकार भएका छन् ।

 

अहिले अमेरिकाको न्यूयोर्कमा नै भाइरसको सङ्क्रमण अत्याधिक हुनुको कारणबारे टिप्पणी गर्नु त त्यति व्यावहारिक नहुन सक्छ । तर अमेरिकाको पर्यटकीय गन्तव्य भएको कारणले विश्वसँग यसको ठूलो सञ्जाल संयन्त्र नै भाइरस सङ्क्रमणको मुख्य कारण बन्न पुगेको सञ्चारमाध्यमहरु वताउँछन् । कूल १ करोड जनसङ्ख्या भएको न्यूयोर्कमा वार्षिक करिव ७ करोड पर्यटक भ्रमण गर्ने र त्यसमध्ये १ करोड ५० लाख भन्दा वढी विभिन्न देशबाट आउने गरेको तथ्याङ्क देखिएको छ । न्युयोर्कको कम्तीमा एक पटक भ्रमण गर्ने इच्छात्यसमध्ये १ करोड ५० लाख भन्दा वढी विभिन्न देशबाट आउने गरेको तथ्याङ्क देखिएको छ । रासस


सम्बन्धित खबरहरु