फ्रान्स र अमेरिकामा पनि मृतकको संख्या चीनको भन्दा धेरै

ओकेखबर संवाददाता १९ चैत्र २०७६, बुधबार ०७:३६ मा प्रकाशित ( साल अघि) ७४४ पाठक संख्या

एजेन्सी । फ्रान्स र अमेरिकामा पनि मृतकको संख्या चीनमा भन्दा धेरै भएको छ ।

यसअघि इटली र स्पेनमा मात्रै मृतकको संख्या कोरोना भाईरसको उद्गमस्थल चीनमा भन्दा धेरै भएकोमो बुधबार विहानसम्ममा यी दुई देशमा पनि चीनमा भन्दा धेरै व्यक्तको मृत्यु भएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ४ सय ९९ जनाको संख्या ३ हजार ५ सय २३ पुगेको छ ।

अमेरिकामा ७ सय २६ जना मृतकको संख्या थपिएसँगै मृत्यु हुनेको संख्या ३ हजार ८ सय ६७ पुगेको छ ।

सबैभन्दा धेरै इटलीमा १२ हजार ४ सय २८ जनाको मृत्यु भएको छ । स्पेनमा मृतकको संख्या ८ हजार ४ सय ६४ पुगेको छ ।

अमेरिका, इटली र स्पेनमा मृतकसँगै संक्रमितको संख्या पनि चीनको भन्दा धेरै छ ।


सम्बन्धित खबरहरु