संक्रमण भएकामध्ये अहिलेसम्म १ लाख ६५ हजार ६५ जना मात्रै निको भएर घर फर्किएका छन् । ५ लाख ८१ हजार ५ सय ५६ जनाको अस्पतालमा उपचार भैरहेको छ । त्यसमध्ये झण्डै ३० हजारको अवस्था गम्भिर छ । तथ्यांक अनुसार २९ हजार ५ सय ९७ जनाको अवस्था गम्भिर रहेको हो ।
अहिलेसम्म सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा १ लाख ६३ हजार ४ सय ६९ जनामा कोरोना भाईरसको पुष्टी भैसकेको छ । आज मात्रै १९ हजार ९ सय ८८ जना थपिएका छन् ।
त्यसैगरी इटलीमा ४ हजार ५० जना नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा ५६५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३१ सय ४८ पुगेको छ । त्यस्तै इटलीमा एकैदिन ८१२ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ ।
चीनको अवस्था भने नियन्त्रण हुँदै गएको छ । चीनमा पछिल्लो २४ घण्टामा ४ जनाको मात्रै मृत्यु भएका छ । ३१ जना नयाँ बिरामी मात्रै थपिएका छन् ।