युएइमा कोरोना संक्रमित नेपालीको संख्या ६ पुग्यो

ओकेखबर संवाददाता १८ चैत्र २०७६, मंगलवार ०७:०८ मा प्रकाशित ( साल अघि) १७११ पाठक संख्या

युएई । युएईमा कोभिड–१९ को संक्रमण हुने नेपालीको संख्या ६ पुगेको छ ।

युएईमा मार्च ९ मा पहिलो २ जना नेपाली सहित १४ जना संक्रमित फेला परेका थिए । तर, सोमबारसम्म संक्रमित नेपालीको संख्या ६ पुगेको युएईको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

यसअघि दुईजना भने उपचार पछि निको भएका छन् ।

चार जना नेपालीहरु क्वारेन्टाइनमा रहेर उपचार गराइरहेको दूतावासले जनाएको छ । उपचार गराइरहेकाहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

युएईको उपचार पद्धति उच्चस्तरको भएका कारण अतिनुपर्ने अवस्था नरहेको युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए । तर सतर्कता भने अपनाउनुपर्ने उनको आग्रह छ ।

त्यसो त स्वास्थ्य मन्त्रालयले सार्वर्जनिक गरेको तथ्यांक अनुसार युएईमा सोमबारसम्म कोरोना संक्रमणका कारण ५ जनाले ज्यान गुमाएका छन् । ४१ जना नयाँ संक्रमित भेटिएसँगै संक्रमितको संख्या ६ सय ११ पुगेको छ ।


सम्बन्धित खबरहरु