राजविराजमा छर्किइयो कारोनाविरुद्धको कीटनाशक औषधि

ओकेखबर संवाददाता १७ चैत्र २०७६, सोमबार १९:३८ मा प्रकाशित ( साल अघि) ३१७ पाठक संख्या

राजविराज । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न सप्तरीको राजबिराज नगरपालिकाले विभिन्न वडाहरुमा किटनाशक औषधी छर्किएको छ ।

राजबिराज नगरपालिकाको प्रत्येक वडाका बजार क्षेत्रमा किटनाशक औषधी छर्किएको हो । बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणलाई नगर क्षेत्रभित्र फैलन नदिन किटनाशक औषधी छर्न शुरु गरिएको नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले बताउनुभयो । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन तथा सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन महानगरबासीसँग उहाँले आग्रह समेत गर्नुभयो ।

जारी लक डाउनको पूर्ण पालना गर्न र कुनै पनि बहानामा अवज्ञा नगर्न प्रमुख यादवले नगरवासीसँग विशेष आग्रह गर्नुभयो ।

सोडियम हाइड्रोक्लोरेडलाई पानीमा मिसाएर छर्किएकाले यसले लामखुट्टे लगायतका किटाणु मर्ने र रोगको सङ्क्रमण हुन नदिने नगरपालिकाले जनाएको छ ।


सम्बन्धित खबरहरु