मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला छन् । उनिहरुको वीर अस्पतालमा मृत्यु भएको हो ।
निमोनियाको समस्या देखिएकी महिलालाई आइतबार साँझ अस्पताल ल्याइएको थियो । उनको सोमबार विहान मृत्यु भएको हो । ज्वरो आएर अस्पताल उपचारका लागि आएका पुरुषको सोमबार दिउँसो मृत्यु भएको वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका जानकारी दिए । उनिहरुको जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ । तर रिपोर्ट आएको छैन ।
त्यस्तै कारोना संक्रमणको आशंका गरेर काठमाडौं ल्याइएका धादिङका ३५ वर्षिय एक युवकको मृत्यु भएको छ । भारतबाट फर्किएका उनलाई आइतबार बिहान धादिङ अस्पतालले उपचारको लागि काठमाडौं पठाइएको थियो । पाटन अस्पतालको आईसियूमा राखेर उपचार गराइएका उनको आइतबार राती नै मृत्यु भएको हो ।
धादिङ अस्पतालका निर्देशक डा. विष्णु प्रसाद शर्माका अनुसार ती युवकलाई ज्वरो अत्याधिक बढेपछि कोरोना आशंकामा परीक्षणका लागि नमुना पठाइएको तर रिपोर्ट आउनै बाँकी रहेको जानकारी दिए ।