जनसमुदायप्रति जवाफदेही र जिम्मेवार हुन जनप्रतिनिधिलाई सभापति धमलाको अनुरोध

ओकेखबर संवाददाता १६ चैत्र २०७६, आईतवार २२:२८ मा प्रकाशित ( साल अघि) ५९२ पाठक संख्या

धादिङ । नेपाली कांग्रेस धादिङका सभापति रमेश प्रसाद धमलाले कोरोना भाइरस  संक्रमणको जोखिम बढिरहेको समयमा आम जनसमुदायप्रति जवाफदेहीता र जिम्मेवार हुन जनप्रतिनिधिहरुलाई अनुरोध गरेका छन् ।

जनताको आवश्यकतासंग समर्पित हुने संकल्पका साथ निर्वाचित भएका जनप्रतिनिधिहरुलाई विश्व महामारी कोरोना भइरसको संक्रमणको जोखिन दिनप्रतिदिन बढ्दै गएरहेको अवस्थामा केही जनप्रतिनिधिहरुको भूमिका जन अपेक्षाकृत हुन नसकेको भन्दै सभापति धमलाले ध्यानआकर्षण गराएका छन् ।

उनले सबै तहका जनप्रतिनिधि पारदर्शीता, जिम्मेवार र जवाफदेही  बनेर उल्लेखित कार्यहरु अबिलम्ब गर्न गराउन बुँदागत रुपमा अनुरोध गरेका छन् ।

१. विदेशमा रहेको आफ्नो नागरिकहरु संग समन्वय र व्यवस्थापन ।

२. स्वास्थ्यकर्मी परिचालनको लागि आवश्यक सामाग्री हरुको व्यवस्थापन र वितरण ।

३. आम नागरिकहरुको जानाकारीको लागि संचार लगायत सामाजिक संजालको उचित प्रयोग र परिचालन ।

४. कोरोना भाइरसबाट सुरक्षित रहन रहन आबाश्यक पर्ने sanitizer, mask, gloves and all kind of personal protection equipment (PPE)  को उचित व्यवस्थापन ।

५. लकडाउन मा आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुको व्यवस्थापन र वितरण ।

६. मजदुरीबाट जिविकापार्जन गर्ने नागरिकको लागि तत्काल राहत प्याकेजको व्यवस्थापन ।

७. उद्योगपति, व्यापारी, व्यावसायीहरुको सवालमा वित्तीय क्षेत्र बाट व्याज मिनाहा सहितको विशेष प्याकेज घोषणा गर्न उचित पहल थालिनुपर्ने ।

८. पानी र बत्तिको सुलभ व्यवस्थापन र महसुल छुटको व्यवस्था मिलाउनुपर्ने ।

९. यो विषम परिस्थितिमा जिल्ला गाउँ र टोलमा चाहिने यातायात साधनको व्यवस्था ।

१०. हरेक टोल, बस्ती, वार्ड, शहरबजारमा प्लास्टिकका ट्याकिं सहितको सावुन पानीको व्यवस्था ।

११. प्रत्येक वडामा क्वारेन्टायनको लागी व्यवस्था गरी देश बाहिरबाट आउने महानुभावको व्यवस्थापन।

१२. सुरक्षाकर्मीहरूलाई परिचालन गर्दा विशेष व्यवस्था ।

१३. स्वास्थ्यकर्मी सहित मोबाइल ल्कीनकल ९ःयदष्भि ऋष्लिष्अब०ि सेवा सञ्चालनको व्यवस्था


सम्बन्धित खबरहरु