सरकारलाई ट्रेड युनियन कांग्रेसको ९ बुँदे सुझाव

ओकेखबर संवाददाता १६ चैत्र २०७६, आईतवार २१:२४ मा प्रकाशित ( साल अघि) ४३७ पाठक संख्या

काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेसले लकडानको समयमा मजदुरहरुको समस्याहरु समावेश गरी सरकारलाई ९ बुँदे सुझाव पेश गरेको छ ।

श्रमिकको स्वास्थ्यलाई ध्यान दिएर पीपीई लगायत सामग्रीको प्रवन्ध गर्न, सबै श्रमिकलाई स्वास्थ्य सामग्री निशुल्क उपलब्ध गराउन लगायत माग सहित सरकारलाई सुझाव पेश गरिएको ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले उज्यालोलाई जानकारी दिनुभयो ।

ट्रेड युनियन कांग्रेसमा मजदुरसँग सम्बन्धित विभिन्न २७ वटा संगठनहरु आवद्ध छन् ।

 

पेश गरिएको सुझावहरु
१ .अत्यावस्यक बस्तु उत्पादक कम्पनी जो अहिले पनि संचालनमा रहेको छ त्यहाको श्रमिकको स्वास्थ्यलाई मध्यनजर गरी PPE ( personal protection equipment) लगायत स्वास्थ्य सामग्री हरु व्यवस्थाका लागि उद्योगपतीमार्फत त्यहा प्रबन्ध गर्नु पर्ने ।

२. अत्यावस्यक सेवामा काम गर्ने सबै प्रकारका श्रमिकलाइ स्वास्थ्य सामाग्री पर्याप्त मात्रामा निशुल्क रुपमा उपलब्ध गराउनु पर्ने ।

३. स्वास्थ्यकर्मीहरुलाई WHO मापदण्डबमोजिम यथाशिघ्र PPE ( personal protection equipment) उपलब्ध गराउनु पर्ने । साथै सुरक्षाकर्मीलाइ पनि ड्युटीमा खटाउँदा स्वास्थ्य सामग्रीबाट well equipped गराउनु पर्ने । श्रमिकलाई सहज र सरल हुने गरी प्रत्येक प्रदेशमा कमसे कम एक÷एक वटा कोरोना भाईरस चेकजाँच केन्द्रको ब्यवस्थापन गरियोस ।

४. सर्वसाधारणका दैनिक वस्तु परिपुर्तीका लागि सरकारको निर्देशनमा भारतबाट पेट्रोलियम पदार्थ (ग्यास, डिजल, पेट्रोल) ल्याइ देशभर बितरण गर्ने ट्यांकर चालक तथा सहचालकहरलाई आयल निगममार्फत निःशुल्क स्वास्थ्य सामग्री (स्यानिटाइजर, साबुन, गुणस्तरिय मास्कलगायत) उपलब्ध गराइयोस । ट्रिप पिच्छे निःशुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था गरियोस । साथै सबै तिर लकडाउनको स्थिति रही होटल हरु बन्द रहने भएकोले लामो दुरीमा त्यस प्रकारको सवारी चलाउनेयातायात मजदुरका लागि खाने बस्ने ब्यवस्था गरियोस । साथै अहिलेको विषम परिस्थतीमा ढुवानी क्षेत्र अर्थात ट््रकमा कार्य गर्ने चालक परिचालक हरु लाई पनि ति उल्लेखित सुविधा उपलव्ध गराईयोस ।

५. तथ्यांक बिभाग (२०१७/१८) को आंकडा अनुसार मुलुकभित्र८४ दशमलव ६ प्रतिशत श्रमिकहरु अनौपचारिक क्षेत्रमा काम गर्ने छन् । तिनका लागि यथाशिघ्र राहत प्याकेज घोषणा गरिनु जरुरी छ । दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकका लागि निश्चित समयसम्म खानपानको व्यवस्था गरिनु पर्दछ । उनीहरुको समस्या सम्बोधन नभए समाजमा अन्य अपराधिकघटना बढ्न सक्ने सम्भावना प्रतिपनि सरकार बेलैमा सचेत हुनु जरुरी छ ।

६. प्रवासी श्रमिकको स्वास्थ्यबारे सम्बन्धित मुलुकमा रहेका नेपाली दुतावासमार्फत दिनहुँको अध्यावधिक रिपोर्ट लिईयोस र देखभालमा ध्यान दिईयोस ।

७. कोरोना भाइरसको बहानामा भावी दिनमा उद्योगी ब्यवसायीबाट हुन सक्ने श्रमिक कटौतीप्रति पहरेदारी गरियोस ।

८. स्वरोजगार गरिरहेका साना उद्यमी तथा श्रमिकको बैंक किस्ता र ब्याजमा केही महिनाका लागि सहज बनाईयोस ।

९. यस्ता मजदुर समस्या समाधानका लागि प्रदेश सरकार तथा स्थानीय तहलाई पनि परिचालन गरियोस ।


सम्बन्धित खबरहरु