लकडाउनको मौका छोपी बजारमा तरकारीको मुल्य बढाएर बिक्री भइरहेका बेला लहान नगरपालिका–२४ का किसान रामप्रकाश महतोले वडा नम्बर १, ६ र ७ का स्थानीयलाई करिब १६ क्विन्टल भान्टा निःशुल्क वितरण गर्नुभएको हो ।
आफ्नै बारीमा उत्पादन गरेको भन्टा त्यस क्षेत्रका गरिब, बिपन्न तथा घरभाडा लिएर बसेकालाई महतोले वितरण गरेको लहान सिटी जेसीजका गौरब साहले जानकारी दिनुभयो ।