कोरोना संक्रमित व्यक्तिको पहिचान र उसको उपचारको व्यवस्था गर्न मोबाइल एप सञ्चालनमा ल्याइएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो ।
यो एपको माध्यमबाट व्यक्ति आफैँले कोरोना भएरनभएको बारेमा जानकारी लिनसक्ने र तत्काल अस्पताल लैजान सकिने व्यवस्था गरिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । चीनबाट आवश्यक सामग्री आइसकेकाले अब छिट्टै अरु प्रदेशमा पनि कोरोना परीक्षणको व्यवस्था मिलाउने उहाँले बताउनुभयो ।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार यो एपबाट देशभर कति क्वरेन्टीन र आइसोलेशन छन् भन्ने लगायतका विवरण थाहा पाउन सकिनेछ । यस्तै एउटा अस्पतालमा खोजिएको सुविधा आफू नजिकैको अस्पतालमा रहे नरहेको र अर्को कुन अस्पतालमा सुविधा छन् भन्ने कुरा खोज्न पनि एप सहयोगी हुने उहाँको भनाइ छ । यो एप तलको लिंक बाट डाउनलोड गर्न सकिन्छ :
https://drive.google.com/file/d/1y__PcXUjHjChPVtGyAu7PY0u_hHFLkP-/view