अलपत्र परेकालाई उद्धार गरी क्वारेन्टाइनमा राखियो

ओकेखबर संवाददाता १६ चैत्र २०७६, आईतवार १३:३० मा प्रकाशित ( साल अघि) ३१५ पाठक संख्या

अमरगढी । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले अलपत्र परेका सात जनालाई उद्धार गरी क्वारेन्टाइनमा राखेको छ ।

भारतबाट आएर कञ्चनपुरमा अलपत्र परेका गाउपालिका–१ घर भएकी खिमा दमाईसहित उनका चारजना छोराबुहारी, दुई नातिनातिनालाई उद्धार गरेको गाउँपालिकाका अध्यक्ष नबलबहादुर मल्लले जानकारी दिनुभयो ।

भारतबाट आएका उनीहरु चैत ९ गते कञ्चनपुर छोरीको घर पुगेका थिए । छोरीले घरमा बस्न नदिएपछि अलपत्र परेको खबर पाएपछि उनीहरुलाई कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ बाट उद्धार गरिएको अध्यक्ष मल्लले बताउनुभयो

अहिले उनीहरुलाई गाउँपालिकाद्वारा निर्मित सरस्वती मावि भत्काँडामा रहेको क्वारेन्टाइनमा राखिएको छ । सबैलाई सुरक्षितसाथ क्वारेन्टाइनमा राखी खाने बस्नेको पूर्ण प्रबन्ध मिलाइएको गाउँपालिका–१ का अध्यक्ष चेतराज भट्टले जानकारी दिनुभयो ।


सम्बन्धित खबरहरु