कोरोना संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु

ओकेखबर संवाददाता १५ चैत्र २०७६, शनिबार २३:३६ मा प्रकाशित ( साल अघि) ६३३ पाठक संख्या

एजेन्सी । स्पेनकी पूर्व उपप्रधानमन्त्री समेत रहेकी राजकुमारी मारिया टेरेसाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।
८६ बर्षिया टेरेसाको कोरोना भाईरसको संक्रमणका कारण आज निधन भएको उनका भाई हेनरीको हवाला दिँदै स्पेनका सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै उनको मृत्यु भएको डेली मेलले समेत पुष्टिगरेको छ ।

मारिया टेरेसाको आफ्नै सन्तान नभए भाञ्‍जा भाञ्‍जीको साहारामा रहेकी थिइन । कोरोना भाइरसबाट स्पेनमा पहिलो राजपरिवारको मृत्यु भएको समेत डेलिमेलले बताएको छ । उनको जन्म भने फ्रान्सको पेरिसमा भएको थियो ।मारियाका ६ भाइबहिनी रहेका छन् ।

 


सम्बन्धित खबरहरु